१. देशको स्वतन्त्रता, सार्वभौमसत्ता तथा अखण्डता जोगाउन कुनैपनि देशको सैनिक जवानहरुले चौबिसै घन्टा खट्टि आफनो जीवनको बहुमुल्य समय देशको सेवामा समर्पित गर्ने गर्दछ। तसर्थ ति जवानहरुको परिवार तथा बाल बच्चाको सहज शिक्षा, स्वास्थ्य, आवास, आदिको जिम्मेवारी नेपाल सरकार र नेपाली सेनाले लिनु पर्दछ। अन्य मुलुकहरुमा सैनिक ब्यक्तिहरुको लागि सरकारले विशेष ब्यवस्था गरेको पाईन्छ तर नेपालमा सरकारबाट बाल बच्चाहरुको शिक्षा, बहालवाला तथा अवकास प्राप्त (अ.प्रा.) सैनिक जवान लगायत परिवारहरुको स्वास्थ्योपचार, परिवार आवास आदिको लागि नगन्य सुविधा उपलब्ध छ। पेन्सनको भरमा जिवन यापन गर्ने अवकास प्राप्त जवानहरुको दैनिकी त झनै अप्रयाप्त पेन्सनको कारण कष्टकर र दयनीय छ। नेपाली सेनाले आफ्नो ब्यवस्थापनमा नेपाली सैनिक कल्याणकारी कोषको सृजना गरि जवान तथा तिनका परिवारहरुलाई कल्याणकारी सुविधाहरु दिने प्रयास गरि रहेको छ र यसलाई अझ ब्यवस्थित र विस्तार गर्नको लागि नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना गरिएको छ।